Indrenionline.com

पार्किङ् गरिएको कारभित्र मृत फेलापरेका तीन बालकको पोष्टमार्टम रिपोर्ट, शरीरमा चोटपटक छैन

दाङ, २१ वैशाख । शनिवार दाङको तुलसीपुरमा पार्किङ् गरेर राखेको कारमा मृत फेला परेका तीन बालकको शवको पोष्टमार्टम रिपोर्ट आएको छ। पोष्टमार्टम रिपोर्टमा तिनैजना बालकको शरीरमा कुनै पनि चोटपटक वा घाउ नरहेको देखिएको छ।

पोष्टमार्टम रिपोर्टअनुसार उनीहरूको कर्तव्य गरी हत्या भएको नदेखिएको जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले बताए । पोष्टमार्टम रिपोर्टले मृतकहरूको शरीरमा कुनै पनि चोटपटक नरहेको देखिएपनि मृत्युको हुनुका अन्य कारणबारे थप अनुसन्धान भइरहेको चन्दले जानकारी दिए ।

दाङमा पोष्टमार्टम गर्ने विज्ञ विशषेज्ञ नभए पछि बुटवलबाट तुलसीपुर झिकाएर मृतक तीन बालकको पोष्टमार्टम गरिएको थियो । लक गरी पार्किङ गरेर राखिएको कारभित्र मृत फेला परेपछि घटना रहस्यमय देखिएको छ ।

तुलसीपुर ६ स्थित स्याउली बजारमा पार्किङ गरिराखेको भारतीय नम्बर प्लेट आरजे ०१ सिसी ०८८५ नम्बरको कारभित्र गएको शनिवार तीन बालक मृत अवस्थामा फेला परेका थिए।