इन्द्रेणी संवाददाता
काठमाडौं, १५ वैशाख । नेपालमा पछिल्लो २४ घटामा चार हजार ७७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या तीन लाख १२ हजार ६९९ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ७७३ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । सङ्क्रमित बढ्दै जाँदा र निको हुने कम हुँदा सङ्क्रमित निको हुने दर ८९।३ प्रतिशतमा झरेको छ ।
पछिल्लो चौबीस घण्टामा ९५५ जनाको एन्टीजेन परीषण गरिएको छ । जसमध्ये १२३ मा पोजिटिभ पाइएको छ । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा काठमाडौं उपत्यकामा मात्रै दुई हजार ४७ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ ।
पछिल्लो २४ घण्टामा १० जनासहित थप १७ जनाको सङ्क्रमणबाट ज्यान गएको छ । नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमणबाट तीन हजार दुई सय ११ जनाले ज्यान गुमाएका छन् ।