Indrenionline.com

अक्सिजनदेखि आइसियू बेडमा कर छुट

काठमाडौं, १५ बैशाख । सरकारले कोरोनाका गम्भीर बिरामीको उपचारमा प्रयोग हुने अक्सिजन, भेन्टिलेटर, आइसियू बेड, अक्सिजन सिलिन्डरलगायतका सामानको आयातमा सम्पूर्ण कर तथा महसुल छुट गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले यस्तो निर्णय गरेको हो ।

‘कोभिड महामारीको बढ्दो संकटलाई ध्यानमा राखेर गम्भीर बिरामीको उपचारमा प्रयोग हुने मेडिकल सामग्री तथा उपकरणमा भन्सार महसुल, मूल्य अभिवृद्धि कर ९भ्याट०, अन्तःशुल्कलगायतका सबैखाले कर, महसुलमा छुट दिने निर्णय भएको छ,’ अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगानाले भने । स्वास्थ्य मन्त्रालयको सिफारिसमा अर्थ मन्त्रालयले यो प्रस्ताव मन्त्रिपरिषद्मा लगेको उनले बताए ।

अब मेडिकल ग्रेड, अक्सिजन ग्यास र लिक्विड, सिलिन्डर, अक्सिजन फ्लो मिटर, अक्सिजन रेगुलेटर, ब्लड ग्यास एनालाइजर, भेन्टिलेटर, आइसियू बेडलगायतका सामग्रीको आयातमा कुनै कर तथा महसुल लाग्नेछैन । मेडिकल सामग्रीको आपूर्तिलाई सहज र सुलभ बनाउन कर छुट दिने निर्णय गरिएको सचिव ढुंगानाले बताए । नयाँ पत्रिकाबाट