काठमाडौं, १४ बैशाख । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार तीन सय ६४ जना सङ्क्रमित थपिएका छन् ।
योसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या तीन लाख सात हजार ९२५ पुगेको छ । हाल २६ हजार २२५ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेका छन् । पछिल्लो २४ घण्टामा एक हजार नौ जनाको एन्टीजेन परीक्षण गरिएकोमा १६० मा पोजिटिभ पाइएको छ ।
पछिल्लो २४ घण्टामा ५५५ जना सङ्क्रमित निको भएका छन् । हालसम्म नेपालमा दुई लाख ७८ हजार ५०६ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । पछिल्लो चौबीस घण्टामा १८ जना सङ्क्रमितको मृत्यु भएको छ ।