तुलसीपुर , ३१ असार । सिंचाईका लागि प्रयोग हुने कुलोमा डुवेर तुलसीपुरमा एक जना बालकको मृत्यु भएको छ । शुक्रवार दिउँसो तुलसीपुर १४ राईखल्यानमा स्थानीय कुलोमा बगेर ३ बर्षीय बालक शिशिर वलीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शिशिरलाई कुलोले बगाएर झन्डै एक किलोमिटर दक्षिण गौरीताल नजिक पु¥याएको समयमा स्थानीय देखेर उद्धारगरी अस्पताल ल्याएका थिए ।