Indrenionline.com

कोरोना जोखिम बढ्दै, २४ घण्टामा ८३६ जनामा कोरोना संक्रमित थपिए

इन्द्रेणी संवाददाता
काठमाडौं, ३ बैशाख । पछिल्लो समयमा नेपालमा फेरि कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ । कोरोनाको दोस्रो लहर फैलदै गएको स्वास्थ्य तथा जनिसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा ८३६ जनामा कोरोना संक्रमित थपिएका छन् । ५५ सय ३७ जनाको पीसीआर परीक्षण गर्दा ८३६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो कुल परीक्षणको १५ प्रतिशतभन्दा धेरैमा सङ्क्रमण पुष्टि हो । त्यस्तै पछिल्लो २४ घण्टामा थप चार जनाको ज्यान गएको छ । नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार ७० जना पुगेको छ ।