काठमाडौं, ३ बैशाख । दलहरुले केन्द्रमा नयाँ सत्ता समीकरणको प्रयास गरिरहदा प्रदेशहरुमा पनि यसको अभ्यास शुरु भएको छ ।
अविश्वासको प्रस्ताव पेस भएको कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज विश्वासको मत लिने तयारीमा छन् ।
एमालेले विश्वासको मत असफल बनाउन र माओवादीले विश्वासको मतमा बहुमत जुटाउन नेपाली कांग्रेसको साथ खोजेको छ । ३९ सदस्यीय कर्णाली प्रदेशमा नेकपा एमालेको एक सभामुखसहित २० सांसद रहेका छन् । यस्तै माओवादी केन्द्रको १२, कांग्रेसको ६ र राप्रपाको १ सिट रहेको छ ।