काठमाडौ, १८ चैत्र । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहितका नेताहरूले केपी ओलीले देश, जनता र पार्टीको हितविपरीत गरेका क्रियाकलापविरुद्ध एकजुट हुन कार्यकर्तालाई आह्वान गरेका छन् ।
माओवादी केन्द्रसँगको एकीरकणविरुद्ध अनेकौँ षड्यन्त्र गर्दै पार्टी एकतालाई भंग गर्न लागिपरेका ओली फागुन २३ मा सर्वोच्चले पुनर्जीवित गरेको एमालेलाई पनि विभाजन गरी नेपालको कम्युनिस्ट आन्दोलनलाई नै विसर्जन गर्ने बाटोमा हिँडेको आरोप लगाएका छन् नयाँ पत्रिकामा खबर छ ।