रेडियोलाई समयानुकुल बनाउन सके रेडियोले दिने बिषयबस्तुले सबैको मन जित्न सक्ने आज लमहीमा आयोजित एक कार्यक्रमका सहभागिहरुले बताउनुभएको छ । देउखुरी सचार केन्द्र द्धारा सचालित रेडियो हाईवेको सातौ बार्षिक उत्सबको अबसरमा आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले सो कुरामा जोड दिनुभएको हो ।
रेडियो हाईवेका प्रबन्ध निर्देशक केपि घिमिरेको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा धन्यबात ज्ञापन तिलक बहादुर केसिले गर्नुभएको थियो भने सचालन सम्पादक लिला शाहले गर्नुभएको थियो ।
सो अबसरमा रेडियोमा प्राबिधिक तथा अबधिभाषको समाचार रिडर रोशन यादब र बजार प्रतिनिधि बसन्ता पौडेललाइृ पुरस्कृत गरिएको थियो । २०६७ साल असार देखि सचालनमा आएको रेडियोले दैनिक अठार घन्टा सवाप्रर्बाह गर्दे आएको छ ।