गोरखा, ३१ असार । बक्राङ गाविसमा सात दिने कालिगढ तालिम विहीबारबाट सुरु भएको छ । सात दिन सम्म चल्ने तालिममा ३० जनाको सहभागिता रहेको नेपाल रेडक्रस सोसाईटी बक्राङ उपशाखाका सभापति राजेन्द्र प्रसाद न्यौपानेले बताउनुभयो । सभापति न्यौपानेको सभापतित्वमा सुरु भएको उक्त तालिमको महत्वका बारेमा पूर्व सभापति टिकाराम खनाल, संयन्त्रका सदस्य भीम बहादुर आले, मुख्य प्रशिक्षक मदन अधिकारी लगायतले तालिम लिएपछि आफ्नो र गाउँ समुदायका नागरिकहरुको घर बनाउन लाग्नुपर्ने बताएका थिए । गाविसका भरी रहेका ढकर्मी , सिकर्मीहरुलाई लक्षित उक्त तालिम पुनः दोश्रो र तेश्रो चरण अरु सदस्यहरुलाई प्रदान गरिने सभापति न्यौपानेले बताउनुभयो ।