Indrenionline.com

नयाँ गठबन्धनबारे देउवा–प्रचण्ड छलफल

काठमाडौं, २६ फागुन । प्रधानमन्त्री केपी ओलीको बहिर्गमनका लागि कांग्रेस र माओवादी केन्द्रले नयाँ समीकरणको कसरत सुरु गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार नयाँ सत्तासमीकरणबारे ‘सकारात्मक’ छलफल गरेका छन् ।

भेटमा प्रचण्डले समीकरणको नेतृत्व गर्न देउवालाई प्रस्ताव नै गरेका छन् । तर, कांग्रेस र माओवादी केन्द्रको मात्रै अंकगणितले नयाँ सरकार बन्न नसक्ने अवस्था रहेकाले देउवा र प्रचण्ड दुवैले जसपासँग संवाद अगाडि बढाउने सहमति गरेका छन् । माओवादी केन्द्रले समर्थन फिर्ता लिए सरकार अल्पमतमा पर्छ ।

पेरिसडाँडामा पार्टीको स्थायी कमिटी बैठकबाट एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्नुअघि प्रमुख प्रतिपक्ष कांग्रेस र जसपासँग वार्ता गर्ने निर्णय गरेलगत्तै प्रचण्ड भेटका लागि बुढानीलकण्ठस्थित देउवानिवास पुगेका थिए । देउवा र प्रचण्डबीच अपराह्न ४ बजेपछि करिब आधा घन्टा ‘वान टु वान’ छलफल भएको थियो ।

छलफलपछि प्रधानमन्त्री ओलीको बहिर्गमन गर्दै संविधान कार्यान्वयनका बाँकी कार्य गर्ने सम्बन्धमा गठबन्धनको सरकार बनाउन देउवा र प्रचण्ड सहमत भएका छन् । भेटमा जसपासहित गठबन्धन गर्दा संसद्मा हुने अंकगणितका विषयमा समेत छलफल भएको छ । ‘जसपाभित्र विभाजनको कुरा आएको छ, त्यसले संसद्मा पार्ने प्रभाव र सहकार्यका विषयमा थप छलफल गर्ने गरेर अघि बढ्ने कुराकानी भएको छ,’ देउवानिकट एक नेताले भने