सल्यान, २५ फागुन । राप्ती लोकमार्ग अन्तर्गत जीर्ण बन्दै गएको दाङ सल्यान सडक खण्डको स्तरोन्नतीका सन्दर्भमा मंगलबार छलफल र स्थलगत अनुगमन भएको छ ।
अव तत्काल करिव १० करोड बराबरको लागतमा सडक स्तरउन्नती कार्य हुने भएपछि सरोकारवालाहरुले सडकको अनुगनम गरेका हुन् । सल्यान जिल्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाई, कपुरकोटट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेन, डिभिजन वन कार्यालय सल्यानका प्रमुख रमेश गिरी, सडक डिभिजन कार्यालय दाङका प्रमुख निरज शाक्य लगाएत सुरक्षा निकायका प्रमुख प्रतिनिधीहरुले जीर्ण सडकको अनुगमन र छलफल गरेका हुन् ।
जिल्ला समन्वय समिति सल्यानका प्रमुखको अध्यक्षतामा बुधबार बैठक बसी राजनीतिक सहमती कायम गर्दै सल्यान क्षेत्रको सडक स्सतर उन्नती कार्य अगाडी बढाउने विषयमा छलफल भएको कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले बताए । कपुरकोट गाउँ कार्यपालिकाको कार्यालयमा छलफल भएको थियो । राप्ती लोकमार्गका विभिन्न स्थानमा अहिले कतै सडक खाल्डाखुल्डी छ त कतै कालोपत्र उप्किएर धुलाम्य भएको छ ।
यात्रुहरुले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । सडक जीर्ण बनेपछि यात्रा गर्दा गाडीले उछार्ने–पछार्ने गर्दछ भने यात्रु गन्तव्यमा नपुग्दै बिरामी हुने अवस्था छ । यात्रा गर्न जोखिम पनि उत्तिकै छ । बर्सातमा हिलो र हिउँदमा धुलोका कारण नागरिकले सास्ती पाउँदा पनि सम्बन्धित निकायले चासो नै नदिएको भन्दै सर्वत्र गुनासो आउने गरेको छ ।