काठमाडौं, २१ फागुन । सरकारसँग तीनबुँदे सहमति गर्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा शान्तिपूर्ण राजनीतिमा आएको छ । यससँगै सरकारले विप्लव नेकपामाथि दुई वर्षअघि लगाएको प्रतिबन्ध पनि फुकुवा गरेको छ ।
नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा सञ्चालन गर्नेछ । सहमति आज प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गरेर सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।
‘