Indrenionline.com

सरकार–विप्लव पक्ष वार्ता विप्लवका दुई सर्त, दुई एजेन्डा

काठमाडौं, १९ फागुन । दुई सर्त र दुई राजनीतिक मुद्दा लिएर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा सरकारसँग वार्तामा बस्ने भएको छ ।

मंगलबार दुवै पक्षले दुई–दुई सदस्यीय वार्ता टोली सार्वजनिक गरेर वार्ताको औपचारिक प्रक्रिया थालेका छन् । यद्यपि, मंगलबार रातिसम्म औपचारिक वार्ताको मिति र समय तय भएको छैन । तर, औपचारिक वार्ता परिणाममुखी बनाउन भन्दै दुवै पक्ष अनौपचारिक संवाद भने जुटेका छन् ।

हिंसात्मक गतिविधि गरेको भन्दै दुई वर्षअघि विप्लवको पार्टीमाथि प्रतिबन्ध लगाएका प्रधानमन्त्री केपी ओलीले विप्लवकै पूर्वसहकर्मीसमेत रहेको गृहमन्त्री रामबहादुर थापालाई वार्ता टोलीको संयोजक बनाएका छन् ।

मंगलबार घोषणा भएको सरकारी वार्ता टोलीको सदस्यमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा। राजन भट्टराई छन् । नेकपा विभाजनपछि ओली पूर्वमाओवादीसँग सहकार्य बढाएर प्रचण्डमाथि दबाब बनाउने रणनीतिमा छन् । नेकपा विभाजनअगाडिसम्म ओली विप्लव नेकपासँग अनुदार थिए । नयाँ पत्रिकाबाट