इन्द्रेणी संवाददाता
काठमाडौं, १८ फागुन । फागुन ४ गते मूल्य बढाएको नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले सोमवार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।
अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय १६ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९९ रुपैयाँ र हवाई इन्धनतर्फ आन्तरिक प्रतिलिटर ७२ रुपैयाँ र अन्तर्राष्ट्रिय उडानतर्फ प्रतिलिटर ८ सय ९३ रुपैयाँ कायम भएको निमगद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।