काठमाडौँ, १६ फागुन । नेपालमा कोरोना भाइरस सङ्क्रमण सुरु भएको एक वर्षपछि कोरोनाविरुद्धको खोप लगाउने अभियान अगाडि बढेको छ । यसले समाजका सबै तप्कालाई आशावादी बनाएको छ भने ज्येष्ठ नागरिकलाई झनै उत्साहित बनाएको छ ।
खोप लगाउन बाँकी ज्येष्ठ नागरिक खोपप्रति उत्साहित छन् ।