Indrenionline.com

शुरुभयो सरकार बनाउन दौडधूप

काठमाडौं, १३ फागुन । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने निर्णय गरेसँगै नयाँ सरकार निर्माण र सत्ता साझेदारीका लागि दौडधूप शुरु भएको छ ।

विशेष गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले नयाँ सरकार निर्माण र सत्ता साझेदारीका लागि दौड्धुप शुरु गरेका छन् ।

यो समूहले बुधबार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर सत्ता सहकार्यको प्रस्ताव गरे भने बिहीबार जनतासमाजवादी पार्टी जसपा) का नेतालाई भेटेर सरकार निर्माणमा सहभागी हुन र सहकार्य गर्न आग्रह गरे ।

नेकपा कार्यालय पेरिसडाँडामा जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग दाहाल नेपालले करिब १ घण्टा सरकार निर्माणबारे छलफल गरेका थिए । छलफलमा दाहाल–नेपालले सरकार निर्माणमा सहकार्य गरेर अगाडि बढ्न प्रस्ताव गरेका छन् ।