चितवन, ११ फागुन । उपप्रधानमन्त्री इश्वर पोख्रेलले सर्वोच्च अदालत र निर्वाचन आयोगको निर्णय आफूहरूका लागि मान्य हुने बताएका छन् ।
“लोकतन्त्रमा विमति राख्न पाइन्छ तर शक्ति पृथकीकरणको सिद्धान्त अन्र्तगत सर्वोच्च अदालत र निर्वाचन आयोगका निर्णय मान्नु पर्ने बाध्यता छ”, उनले भने।
निर्वाचनमा जाने ताजा जनादेश लिने र जनताले आफ्नो प्रतिनिधि छान्ने अवसर पाएको भन्दै उनले ताजा ननादेशमा जानु कुनै प्रतिगमन नभएको दावी गरे ।