एजेन्सी, १० फागुन । मेक्सिकोमा सैन्य विमान दुर्घटना भएको छ । विमान दुर्घटनामा ६ जनाको ज्यान गएको छ । स्थानीय समयअनुसार दक्षिणपूर्वी राज्य भेराक्रुजमा वायु सेनाको विमान हिजो बिहान दुर्घटनामा परेको हो ।
विमान दुर्घटना हुनुको कारण खुलेको छैन । घटनाको अनुसन्धान थालिएको रक्षा मन्त्रालयले जनाएको छ ।