सुर्खेत, ९ फागुन । सुर्खेतको वीरेन्द्रनगरमा बर्ड फ्लू देखिएको छ । वीरेन्द्रनगर नगरपालिका १२ मा बर्ड फ्लू देखा परेको पशु सेवा विभागले जनाएको छ ।वीरेन्द्रनगर–१२ का किसानले पालेका कुखुरामा बर्ड फ्लू देखिएको हो ।
रोग देखा परेको क्षेत्रलाई पूर्ण निसङ्क्रमण समेत गरिएको विभागले जनाएको छ । रोग नियन्त्रणमा सहजीकरण गर्न विज्ञ टोली खटिएको छ ।