काठमाडौं, ५ फागुन। सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीलाई स्थानान्तरणको सुविधा दिने भएको छ । कोरोनाबाट प्रभावित भई विद्यार्थी अध्ययनका क्रममा अन्य जिल्लामा पुगेको हुन सक्ने भन्दै सरकारले एक पटकका लागि स्थानान्तरणको सुविधा उपलब्ध गराउने भएको हो ।
विगतमा विद्यार्थी स्थानान्तरण गरी परीक्षा दिने र त्यसकै माध्यमबाट परीक्षा उत्तीर्ण गराउने गतिविधि बढेपछि सरकारले कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीलाई स्थानान्तरणमा रोक लगाएको थियो ।
