काठमाडौं, ४ फागुन । प्रतिनिधि सभा विघटनविरुद्धको रिट निवेदनमाथि अदालतका सहयोगी अर्थात् एमिकस क्युरीले राय दिने क्रम सुरु भएको छ ।
संवैधानिक इजलासमा कार्कीले भने, ‘संविधान बनाउनेहरू नै अहिले संविधान समाप्त हुन लाग्यो भनेर सडकमा आन्दोलन गरिरहेका छन्, हामीले बनाएको संविधान दुर्घटनामा पर्यो भनिरहेका छन्, यो विषयको निष्कर्ष संवैधानिक इजलासले गम्भीर ढङ्गले निकाल्नुपर्छ ।’
संसद् विघटनको विषयमा २०४७ सालको संविधानमा भएको व्यवस्थाभन्दा २०७२ सालको संविधानमा धेरै फरक भएकाले दोहोरो अर्थ लाग्ने गरी अलमलिनु पर्ने कारण नरहेको वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीको भनाइ छ । उज्यालोबाट
