बुटवल, २ फागुन । संसद् विघटनपछि राजनीतिक एवं संवैधानिक दबाब खेपिरहेका प्रधानमन्त्री केपी ओलीले जननिर्वाचित संसद् पुनस्र्थापना भए लोकतन्त्रको हुर्मत लिने काम हुने बताएका छन् । ६४ प्रतिशत बहुमत प्राप्त प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेकाले अब पुनस्र्थापनाको सम्भावना नरहेको पनि उनले दाबी गरेका छन् ।
प्रधानमन्त्री ओलीले तोकिएकै मितिमा चुनाव हुने र आफ्नो समूहले समानुपातिकमा ५० लाख मत ल्याउने दाबी गरे । तर, संसद् विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको तथा राजनीतिक रूपमा विभाजित नेकपा विवाद निर्वाचन आयोगले हेरिरहेको कारण वैशाखको निर्वाचन अनिश्चित रहेको पूर्वनिर्वाचन आयुक्तहरूले बताउँदै आएका छन् । पार्टी नफुटेको र केही तत्व बाहिरिएको तर्क गर्दै उनले भने, ‘कसैले चुनाव रोक्न सक्दैन । हामीले समानुपातिकमा ५० लाख मत ल्याउँछौँ र प्रत्यक्षमा बहुमत सिट ल्याउँछौँ ।’ नयाँ पत्रिकाबाट