Indrenionline.com

पुनर्स्थापनाको पक्षमा प्रदर्शन

काठमाडौं, २९ माघ । जननिर्वाचित प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा नेपकाको प्रचण्ड–नेपाल समूहले राजधानीमा प्रदर्शन गरेको छ । संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै आन्दोलन गरिरहेको प्रचण्ड–नेपाल समूहले संविधान र कानुनअनुसार निर्णय लिन सर्वोच्च अदालत र निर्वाचन आयोगलाई सन्देश पनि दिएको छ ।

बुधबार सभाअगाडि विभिन्न स्थानबाट निकालिएका र्‍यालीमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायतका नेताहरू सहभागी भएका थिए । मूल जुलुस सुन्धाराबाट र सहायक जुलुसहरू पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केसरमहल र जमलबाट निस्केका थिए ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद् विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालत र नेकपा विवादमा निर्वाचन आयोगले संविधानअनुसार निर्णय लिनुपर्ने मत दोहोर्‍याएका छन् । उनले ओलीको निरंकुशता कायम रहे १० लाख जनता सडकमा उतारेर बालुवाटार र सिंहदरबार घेर्ने चेतावनी पनि दिएका छन् ।

पार्टीको आधिकारिकतासम्बन्धी विवादमा छिटो निर्णय दिन निर्वाचन आयोगलाई खुट्टा नकमाउन अनुरोध गर्दै उनले सर्वोच्च अदालतलाई पनि कुनै व्यक्तिको सनक होइन, जनताको लोकतान्त्रिक आवाज र अनुहार हेरेर निर्णय गर्न अनुरोध गरे ।

‘लाखौँ जनता उपस्थित यो सभा सर्वोच्च अदालतका सम्मानित न्यायाधीशहरूले पनि राम्रोसँग देख्नुभएको छ । जनताले के चाहेका छन्, जनभावना के छ रु म के विश्वास गर्छु भने उहाँहरूले ढिलो नगरी संविधान र लोकतन्त्रको पक्षमा निर्णय दिनुहुनेछ,’ प्रचण्डले भने, ‘संविधान र जनताको भावनाविपरीत भयो भने जनताको शान्तिपूर्ण आन्दोलन विद्रोहमा गए के हुन्छ रु प्रत्येकले बुझ्न जरुरी छ ।’

उनले अबको क्रान्ति शान्तिपूर्ण हुने प्रतिबद्धता पनि व्यक्त गरे । ‘संविधान र लोकतन्त्रको पक्षमा फैसला भएन भने आँधीहुरी आउँछ, कसैले थेग्न सक्दैन नेपालमा । हिजो एउटा सानो समूहले विद्रोह गर्दा देशमा के भयो रु यो लाखौँ विशाल जनता भएको पार्टी, दुई अध्यक्ष छौँ, त्यसको नेतृत्वमा शान्तिपूर्ण क्रान्ति हुन्छ, त्यसलाई मैले ग्रिन रिभुलुसन भनेको छु ।’

निरंकुशताको पछि नलाग्न निर्वाचन आयोगसँग आग्रह
प्रचण्डले निर्वाचन आयोगलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीको डर, धाक र धम्कीका सामु निरीह बनेर आधिकारिकतासम्बन्धी विवादमा अन्यथा निर्णय नलिन चेतावनी दिए । ‘मैले आज सुनेँ, निर्वाचन आयोगमा गएर केपीजीले ३० दिन कट्यो, अब म्याद गयो भन्दै धम्क्याउनुभएछ । अलि बढी नभनौँ, तर लक्षण आयोगले गतिलो देखाएको छैन है,’ प्रचण्डले भने, ‘निर्वाचन आयोग ७० प्रतिशत केन्द्रीय सदस्य एकातिर हुँदाहुँदै, ३० दिन त के हामीले १० दिनभित्रै लखित जानकारी दिएका थियौँ, अनि त्यसलाई हिसाब नगर्ने रु अहिले केपीले गएर धम्क्याउनेबित्तिकै हिसाब गर्नुभो भने तपाईंको खुट्टी पनि देखिनेछ ।’ नयाँ पत्रिकाबाट