दाङ, २८ माघ । डिभिजन वन कार्यालय दाङ (दाङ) र अन्तर्गतकोे नारायणपुर सव डिभिजन वन कार्यालयको गस्ती टोलीले नारायणपुर सव डिभिजन वन कार्यालयको कार्य क्षेत्र अन्तर्गत घोराही उ.म.न.पा. १२ स्थित पिरीगाँउ भन्ने स्थानबाट साल जातको ६ थान गोलिया र ११ थान चिरान गरी जम्मा १७ थान टुनटुक्रा गोलिया तथा चिरान काठको जम्मा २९.२८ क्यू.फिट काठ बरामद गरेको छ ।
वन गस्ती आएको देखेपछि कटान कार्यमा संलग्नहरु भागी गएको स्थानियहरुले वताएका छन् । संलग्नहरुको खोजी कार्य भईरहेको डिभिजन वन कार्यालयका सुचना अधिकारी खिम बहादुर के.सी. ले जानकारी दिए ।