Indrenionline.com

सुशिल कोइरालाको छैठौं स्मृति दिवसमा दीप प्रज्वलन

इन्द्रेणी संवाददाता 

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति सुशिल कोइरालाको छैठौं स्मृति दिवसको अवसरमा नेपाल विद्यार्थी संघले सोमबार शान्तिवाटिकामा दीप प्रज्वलन गरेको छ ।

कोइरालाले अप्ठ्यारो समयमा संविधान जारी गरेर नेपाललाई नयाँ युगमा प्रवेश गराएको स्मरणमा दीप प्रज्वलन गरिएको नेविसंघका महामन्त्री दीपक भट्टराईले जानकारी दिए । २०७२ साल माघ २६ गते कोइरालाको निधन भएको थियो ।