Indrenionline.com

विद्यार्थीहरुले लगाए ‘वि हेट ओली’ को नारा

इन्द्रेणी संवाददाता 

नेकपा प्रचण्ड–माधव निकट युवा विद्यार्थीहरुले प्रतिनिधि सभा विघटनविरुद्ध सिंहदरबार घेराउ गरेका छन् । अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङको नेतृत्वमा प्रधानमन्त्रीलाई विरोध पत्र बुझाउन सिंहदरवार जाने क्रममा विद्यार्थीहरुलाई प्रहरीले रोकेपछि उनीहरुले त्यहीँ बसेर घेराउसहित नाराबाजी र प्रदर्शन गरेका हुन् ।

विद्याथीहरु नाराबाजी गर्दै हनुमानस्थनाबाट अघि बढ्न खोज्दा प्रहरीले रोकेको थियो । प्रहरीले रोकेपछि विद्यार्थीहरु सडकमै बसेर विरोध प्रदर्शन गरेका थिए ।

त्यसक्रममा उनीहरुले ‘अनेरास्ववियू जिन्दावाद, प्रतिगमन मुर्दावाद, असंवैधानिक कु खारेज गर, केपी..पाराले दुःख पाए साराले, केपी ओली कायर छ, सारा जनता फायर छ विदेशी हस्तक्षेप बन्द गर, वि हेट ओली, फाल्नेछौ भोलि’ लगायतका नारा लगाएका थिए । यसअघि ओली समर्थकले ‘वी लभ केपी ओली’ को नारा लगाएकामा प्रचण्ड– नेपाल समूहका विद्यार्थीले ‘वी हेट ओली’ को नारा लगाएका हुन् ।