Indrenionline.com

शहीद कृष्णसेन इच्छुक र बैदेशिक रोजगार बोर्ड बिच तालिम संचालन गर्न सम्झौता

इन्द्रेणी सम्वाददाता

दाङको घोराही स्थित शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय र नेपाल सरकार बैदेशिक रोजगार बोर्ड बिच  विभिन्न सीपमुलक तालिम संचालन गर्न सम्झौता भएको छ ।

रोजगारीको शिलशिलामा विभिन्न सीप सहित विदेश जान चाहने  र विदेशबाट फर्केर आएर बिभिन्न सीप सिकेर स्वरोजगार बन्न चाहने नागरिक हरुलाई दक्ष प्राबिधिक सिप सिकाउने उद्देश्यले शिक्षालय र रोजगार बोर्ड संग विभिन्न विधामा सम्झौता भएको हो ।

शिक्षालय र रोजगार बोर्ड संग सम्झौता भए संगै अब दाङको घोराही स्थित शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयमा सुरक्षा गार्डमा १०० जना, जुनियर ब्युटिसियनमा १०० जना, किचन सहयोगीमा २० जना, इलेक्ट्रीसियनमा ६० जना, पलम्बरमा ४० जना, हाउस किपिङमा, ४० जना डकर्मीमा ४० जना र सहायक टायल मार्बल फिक्चरमा ४० जना गरि जम्मा ४४० जनालाई तत्काल तालिम संचालन गर्ने गरि सम्झौता गरिएकोछ ।

सम्झौता पत्रमा हस्ताक्षर गर्दै शिक्षालयका प्रमुख अच्युतराज दाहालले नेपालबाट बैदेशिक रोजगारीमा जाने युवाहरुको संख्या अत्याधिक भएको बताउदै विदेश जाने युवाहरु संग कुनैपनि प्राबिधिक सीप नभएका कारण बिदेशमा दुख पाउने गरेकाले दक्ष प्राबिधिक सीप सिकाउन आवश्यक भएको बताउनुभयो ।

बैदेशिक रोजगारीमा जानेहरुका लागि स्थानीय स्तरमा नै दक्ष प्राबिधिक सीप प्रदायक संस्था नभएका बेला दाङमा यस्तो शिक्षा प्रदान गर्नु सबैका लागि खुसीको कुरा हो भन्दै शिक्षालय प्रमुख दाहालले यो सीप शिक्षालयले निशुल्क रुपमा प्रदान गर्ने बताउनुभयो ।

सम्झौतामा नेपाल सरकार बैदेशिक रोजगार बोर्डको तर्फबाट कार्यकारी निर्देशक राजन श्रेष्ठ र लेखा अधिकृत बिकी झा र शिक्षालयको तर्फबाट शिक्षालय प्रमुख अच्युतराज दाहाल र लेखा प्रमुख नारायण भण्डारीले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता भए लगतै अब दाङको घोराही स्थित शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयबाट तालिम प्रदान गर्न फारम खुल्ला गरिने छ ।