Indrenionline.com

ट्याक्टर दुर्घटना हुँदा रुकुम पूर्वमा एक जनाको मृत्यु

जितेन्द्र बुढाथोकी
रुकुमकोट,१३ माघ । रुकुम पूर्वमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन । जिल्लाको सिस्ने गाउँपालिका ५ रुमालबारामा ट्याक्टर दुर्घटना हुँदा सहचालक सोही वडाका २१ वर्षीय इन्द्र बहादुर बुढाथोकीको मृत्यु भएको हो ।
गएराती साढे ९ बजेतिर पाथिहाल्नबाट डोजेरको बकेट बोकेर रुकुमकोट तर्फ आउँदै गएको लु ४ प ४१८५ नम्बरको ट्याक्टर अनियंत्रित भएर दुर्घटना हुँदा घाइते भएका इन्द्र बहादुरको उपचारका क्रममा रुकुम पूर्व अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक गणेश बहादुर श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार उक्त दुर्घटनामा परी ट्याक्टरका चालक वडा नम्बर ५ कै २१ वर्षीय जीवन बुढाथोकी घाइते हुनुभएको छ । घाइते बुढाथोकीलाई थप उपचारका लागी नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ !!