काठमाडौं, ९ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले प्रतिनिधि सभा विघटनको विरोधमा काठमाडौंमा प्रदर्शन गरेको छ ।
सभाअघि माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, पद्मोदय मोड, पुतलीसडक, त्रिचन्द्र कलेजलगायतका ठाउँबाट जुलुस निकालिएको थियो । जुलुसको नेतृत्व प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेताहरू गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, वर्षमान पुन, वेदुराम भुसाल, भीमबहादुर रावल, शक्तिबहादुर बस्नेत, युवराज ज्ञवाली, पम्फा भुसाल, रघुजी पन्त, घनश्याम भुसाल, जनार्दन शर्मा, योगेशकुमार भट्टराईलगायतले गरेका थिए ।