इन्द्रेणी संवाददाता
घोराही,८ माघ । दाङको घोराहीबाट तुलसीपुर तर्फ जान लागेको यात्रुबाहक बस दुर्घटना हुँदा सात जना घाइते भएका छन ।
तीस जना यात्रु बोकेर घोराहीबाट तुलसीपुर तर्फ गइरहेको रा १ ख १४६५ नम्बरको बस बिहिवार साँझ ७ बजेतिर घोराही १६ सर्रा चोक नजिक दुर्घटना भएको हो ।
दुर्घटनामा परी घाइते भएका सबैलाई उपचारका लागि घोराही स्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा लगिएको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ । प्रहरीका अनुसार घाइतेहरु सबैको अवस्था सामान्य छ ।
