Indrenionline.com

दिवंगत सीता महराको नाममा मेमोरियल फाउण्डेशन स्थापना

घोराही, ८ माघ । पूर्वभासमुख कृष्णबहादुर महरा पत्नी दिवंगत सीता महराको स्मृतिमा सीता महरा मेमोरियल फाउन्डेसन स्थापना भएको छ ।
दिवंगत महराको स्मृतिमा विभिन्न सामाजिक काम गर्ने उद्देश्यले फाउण्डेसन स्थापना भएको हो । फाउण्डेसनको अध्यक्षमा तेजकुमारी महरा केसी, उपाध्यक्ष निर्मल महरा ‘एटम’, महासचिव केशरमान बुढाथोकी, कोषाध्यक्ष रेशम महरा, सदस्यमा कुश्मा महरा, ओविलाल महरा र प्रमोद शर्मा रहनुभएको छ ।

साथै फाउण्डेसनको पहिलो बैठकले संरक्षक तथा सल्लाहकार चयन गरेको छ । फाउण्डेसनको संरक्षकमा पूर्वसभामुख कृष्णबहादुर महरा रहनुभएको छ ।त्यसैगरी कानुनी सल्लाहकारमा अधिवक्ता प्रेमबहादुर वली, सल्लाहकारमा जुना महरा र लालबहादुर महरा रहनुभएको छ । फाउण्डेसनले दिवंगत सीता महराको निधन भएको ६ महिनामा दाङ, रोल्पा लगायतका विभिन्न स्थानमा स्मृति सभा गर्ने निर्णय गरेको छ । त्यसैगरी दिवंगत महराको सम्झनामा स्मृति ग्रन्थ प्रकाशन गर्ने निर्णय समेत रहेको छ ।

दाङ घोराही– १७ मा केन्द्रीय कार्यालय रहेको फाउण्डेसनले रोल्पा तथा आवश्यकता अनुसार देशभरी शाखा विस्तार गरी सामाजिक कार्य गर्नेछ ।