Indrenionline.com

नमुना हेड सर, जसले आफ्नो भत्ता स्कुलमा लगानी गर्छन

इन्द्रेणी संवाददाता
रुकुम पुस ६ । भित्तामा झुन्डिएको घडीमा बिहानको ९:४५ बज्दै थियो । कार्यालय सहयोगी घन बहादुर चन्दले स्कुलको घण्टी बजाउना साथ सबै बिद्यार्थि प्रार्थनाका लागि लाईन लाग्दै थिए । प्रार्थना गराईरहेका अर्का शिक्षक भरत मल्लले प्रार्थनाको अन्तिम समयमा बिद्यालयका हेडमास्टर दिपक सङगम थापालाई मन्चमा बोलाउछ्न र केही कुरा राख्न अनुरोध गर्छन । यतिकैमा प्रधानाध्यापक दिपक सङगम थापाले दुईवटा नयाँ फिल्टर ल्याउछ्न र केही बिद्यार्थिलाई अगाडि बोलाएर आफ्नो तर्फबाट निशुल्क रुपमा दिएको भनी हस्तान्तरण गर्छन । सबै बिद्यार्थिले ताली बजाएर स्वीकार गर्छन ।
हो रुकुम पश्चिमका एक बिद्यालयका हेडमास्टरले यसरी नै चौमासिक रुपमा बिद्यालयका बिद्यार्थिलाई केहि न केही उपहार दिने गरेका छ्न । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका १४ स्थित जनबिकास माद्यमिक बिद्यालय ज्यामिरकोट टाकुराका प्रधानाध्यापक दिपक सङगम थापाले आफ्नो प्रअ भत्ता कहिले नि बुज्दैनन बरु भत्ताको सबै रकमले बिद्यार्थि र बिद्यालयका लागि खर्च गर्ने गरेका छ्न । प्रधानाध्यापक थापाले कहिले छात्राहरूका लागि सेनेटरी प्याड बितरन गरेर नेपाल सरकारको कार्यक्रमलाई उच्छिन्छ्न त कहिले गरिब, जेहेन्दार बिद्यार्थिलाई पोसाक । कहिले शैक्षिक सामाग्री त कहिले शुद्ध पानी पिउनका लागि फिल्टर । प्रधानाध्यापक भएको शुरुदेखि नै यसरी आफ्नो प्र अ भत्ताको सबै रकम बिद्यार्थि र बिद्यालयको हितका लागि खर्च गर्ने गरेका छ्न । प्रअ भत्ता नलिने उनले बिद्यालय ब्यबस्थापन समिती मार्फत निर्णय गराएका छ्न । प्रअ दिपक सङगम थापाले प्रत्येक चौमासिक रुपमा नेपाल सरकारले उपलब्ध गराउने प्रअ भत्ता नलिई सबै भत्ता बिद्यालयमा खर्च गर्ने गरेका छ्न । “शिक्षा बाल्टिन भर्नु नभइ आगो सल्काउनु हो” भन्ने नारा बाट प्रभावित भएको बताउने थापाले सबैले आ आफ्नो क्षेत्रबाट सहयोग गरे मात्र समाजमा राम्रो सन्देश जाने बताए ।
प्रधानाध्यापक थापाले प्रधानाध्यापक भएदेखि नै बिद्यालयका लागि विभिन्न योजना निर्माण गरि लागू समेत गर्ने गरेका छ्न । प्रअ भएदेखि थापाले विभिन्न दाताहरु जुटाई बिद्यालयलाई पुर्न सरसफाइ उन्मुख बिद्यालय घोषणा, बिद्यालयमा लाईब्रेरी स्थापना, बिज्ञान माईक्रोस्कप स्थापना, दाता जुटाएर सबै कक्षाकोठामा शुद्ध पिउने पानीका लागि फिल्टर, सबै कक्षामा भित्ते घडी, सरस्वती मन्दिर निर्माण, बिद्यार्थि पास कार्ड लागु, नेपालमै पहिलोपटक अभिभावक शिक्षा लागू, दैमाषिक प्रगति विवरण निर्माण, विभिन्न सदन भिभाजन, सेभेन फ्ल्याग लागू, बाल क्लब मार्फत बाल बिबाह शून्य जस्ता काम गराएर उदाहरणिय काम गरेका छ्न । क्षात्राहरुलाई सेनेटरी प्याड उपलब्ध गराएदेखी महिनावारी भएको समयमा गएल हुने क्षात्राहरु पनि नियमित उपस्थित हुने गरेका छ्न । प्रअ थापाको कामलाई आफुले पुर्नरुपमा साथ दिएको भन्दै बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हरिप्रसाद शर्मा र अभिभावकहरु खुसी हुदै धन्यवाद दिए । प्र अ थापाले क्षात्राहरुलाई सेनेटरी प्याड उपलब्ध गराएको एक वर्षपछि मात्र नेपाल सरकारले सेनेटरी प्याड उपलब्ध दिन थालेको छ ।