इन्द्रेणी संवाददाता
दाङ। नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता कृष्णबहादुर महराले प्रतिनिधिसभा विघटनविरुद्ध जनताको ठूलो शक्ति सडकमा आउने दावी गरेका छन्। शनिबार दाङमा आयोजित अगुवा कार्यकर्ता भेलामा महराले ‘प्रतिगनम’ बढ्दै गए जनताको ठूलो शक्ति सडकमा आउने दावी गरे।
महराले भने, ‘केपी ओलीको प्रतिगमन थप बढ्दै गयो भने ठूलो शक्तिमा जनता सडकमा उत्रिन्छन्।’ पूर्वसभामुख समेत रहेका उनले सबै पार्टी र नागरिक समाज प्रधानमन्त्री ओलीको कदमविरुद्ध सडकमा उत्रिइसकेको बताए।
उनले कार्यकर्तालाई छिटो भन्दा छिटो तल्लो तहमा गएर वास्तविकता बुझाउँन आग्रह समेत गरे। ‘नेकपा बहुमत जहाँ छ, जनताको बलियो साथ छ, त्यही उभिनुहोस्,’ महराको भने, ‘जति छिटो जनताको माझामा वास्तविकता लैजान सकिन्छ, त्यति छिटो हाम्रो शक्ति बढ्छ। कु हट्दै जान्छ।’
प्रतिगमन विरुद्ध ठूलो शक्तिमा जनता सडकमा आउछन -महरा
