काठमाडौं, २३ पुस। करीब १ सातादेखि भारतमा देखिएको बर्ड फ्लू रोगका कारण भारतको विभिन्न राज्यमा हाँस तथा चराहरू मर्न थालेपछि नेपालले सुरक्षा सतर्कताका लागि दक्षिणी नाकामा कडाइ गर्ने भएको छ ।
उनका अनुसार मन्त्रालयले जिल्ला तथा स्थानीय निकायहरूलाई सुरक्षा व्यवस्थाका लागि आवश्यक पर्ने थप जनशक्ति तथा मेशिनरी सामग्रीहरू चाहिएमा पनि जानकारी गराउन निर्देशन दिइसकेको छ ।
नेपालमा बर्ड फ्लूको संक्रमण आउन नदिन तथा आइहालेमा रोकथामका प्रक्रिया अघि बढाउने बारेमा योजना बनाउन पशुसेवा विभागले समेत तयारी थालेको बताइएको छ । पशुसेवा विभागका सूचना अधिकारी डा। चन्द्र ढकालका अनुसार बिहीवार विभागले नेपालमा बर्ड फ्लू भित्रिन नदिने उपाय अवलम्बन गर्न छलफल थाल्ने भएको छ ।
भारतको उत्तरी राज्य हिमाचल प्रदेशदेखि केरला, इन्दोर, हरियाणालगायत क्षेत्रमा समेत बर्ड प्mलूको ठूलो असर देखिएपछि त्यहाँको संघीय सरकारले संक्रमणलाई थप फैलिन नदिन उच्च सर्तकता अपनाउनुका साथै अल्पकालीन उपायहरू समेत अवलम्बन गर्न थालेको खबरहरू सार्वजनिक भएका छन् ।
बीबीसीका अनुसार बर्ड फ्लू देखिएपछि भारतमा हजारौं पक्षी मारिँदै छन् । त्यसैगरी केही जिल्लामा पक्षी विक्री गर्ने पसलहरू बन्द गरिनुका साथै अण्डा विक्रीमा समेत रोक लगाइएको छ । बीबीसी हिन्दीसेवाले उल्लेख गरेअनुसार उत्तरी राज्य हिमाचल प्रदेशमा साइबेरिया र मंगोलियाबाट बसाइँसराइ गर्दै आएका करीब २ हजार ४ सय खोया हाँसहरू मरेका छन् अभियानमा खबर छ। यसका साथै केरला राज्यमा समेत १२ हजार हाँसहरू मरेपछि राज्यको मापदण्डअनुसार विभिन्न ३६ हजार पक्षी मारिएको छ ।
नेपालमा पहिलोपटक सन् २००९ मा वर्ड फ्लू देखिएको थियो भने सबैभन्दा ठूलो क्षति सन् २०१३ मा पुर्याएको थियो । त्यसबखत काठमाडौं, चितवन, धादिङ, झापादेखि कैलालीसम्म गरी नेपालका २ सय १ ओटा ब्रोइलर र लेर्यस कुखुराका फार्महरूमा यसको संक्रमण फैलिएको थियो ।