Indrenionline.com

आज हिमपात र वर्षाको सम्भावना

काठमाडौं, २१ पुस । आज हिमाली र उच्च पहाडी जिल्लामा हिमपात र अन्य केही ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले बताए । वाग्मती प्रदेशका एक र दुई ठाउँमा पनि हल्का पानी पर्ने अनुमान गरिएको छ ।

पश्चिमी वायुको प्रभावका कारण गएको आइतबारदेखि देशभरको मौसम बद्ली भएको छ । यो प्रणालीको प्रभाव भोलिदेखि भने कम पर्ने मौसमविद् बताएका छन् ।