सप्तरीको कन्चनरुप नगरपालिकाकी एक १४ वर्षीया किशोरीको अपहरणपछि सामूहिक बलात्कारको शिकार भएकी छिन् । कन्चनपुर बजारबाट सामान खरिद गरी नगरपालिकास्थित रुपनगर जाँदै गरेको समयमा गत मंगलबार राति किशोरी अपहरणमा परेकी थिईन् ।
प्रहरी निरिक्षक महताका अनुसार सरदारले करणी गरेपछि को९प ४४३७ नम्बरको मोटरसाईकलमा आएका पोर्ताहा गाविस–९ का अशोक साह र सियाराम सरदारले किशोरीलाई अपहरण गरी नगरपालिका–७ स्थित सिम्रहामा लगेर पुनः करणी गरेका हुन् ।
अर्को दिन मोटरसाइकलमा हालेर किशोरीलाई पुर्वतर्फ लगिरेहको बेला शंका लागि केरकार गर्दा घटनाको वास्तविक तथ्य वाहिर आएको प्रहरीले जनाएको छ । घटनामा संलग्न तीनै जनालाई आज (विहिवार) म्याद थप गरी कारबाही र थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
रातोपाटी बाट