काठमाडौं, १२ पुस । आफूविरुद्ध अविश्वासको प्रस्ताव आएपछि प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले संविधान र संघीयतालाई कार्यान्वयन हुननदिन अनेकौं प्रयासको रुपमा आफूविरुद्ध दर्ता भएको बताउदै यसलाई सामना गर्ने बताए ।
प्रदेशसभाका मान्य सदस्यहरु विवेक पु¥याउने हैसियतमा हुनुहुन्छ, मुख्यमन्त्री राईले भने, बनिबनाउ, सुनियोजित र कतैबाट निर्देशित अविश्वासको प्रस्तावको सामना त्यहीं भित्रैबाट गर्नेछु ।