दाङ तुलसीपुर ६ राजापुर निवासी वासुदेव शर्मा आचार्यको दम्पत्तीले मन्दिर निमार्णका लागि २० लाख वराबरको जग्गा दान गरेको छ । राधाकृष्ण मन्दिर निर्माणका लागिश्रीमद भागवत सेवा समिति तुलसीपुरलाई आचार्य दम्पत्तीले राजापुरमा रहेको उक्त मुल्य बराबरको जग्गा दान गरेको हो । वासुदेव शर्मा आचाय र उहाँकी श्रीमती गिता देवी आचार्यलेएक धुर श्रेष्ता र भोगचलन गर्दै आएको ऐलानी दुई कठ्ठा गरी बीस लाख बराबरको गग्गा दान गर्नुभएको हो ।