Indrenionline.com

राष्ट्रपतिद्वारा राष्ट्रिय सभाको अधिवेशन आह्वान

काठमाडौं, १२ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छन् ।

सरकारको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले आउँदो शुक्रबार दिउँसो ४ बजेका लागि बैठक आह्वान गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम अधिवेशन आह्वान गरेको राष्ट्रपतिलले जनाएको छ ।