इन्द्रेणी संवाददाता
काठमाडौं, १२ पुस । चिनियाँ उपमन्त्री गुओ येचौसहितको टोली आज नेपाल आउने भएको छ ।
टोली बेइजिङबाट छङ्तुको बाटो हुँदै दिउँसो काठमाण्डौ आइपुग्ने कार्यक्रम छ । तर भ्रमणबारे चिनियाँ दूतावास र नेपाल सरकारले थप जानकारी गराएका छैनन् । उपमन्त्री गुओसहित ४ जनाको टोलीले नेकपाका शीर्ष नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम छ ।