काठमाडौं, ११ पुस । नेपालमा आज पाँच सय जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कुल सङ्क्रमित दुई लाख ५७ हजार ७०० पुगेको छ । हालसम्म १९ लाख पाँच हजार ८२६ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
पछिल्लो चौबीस घण्टामा ८४० जना सङ्क्रमित निको भएका छन् । निको भएकाहरुको संख्या दुईलाख ४९ हजार १३२ पुगेको छ । पछिल्लो चौबीस घण्टामा तीन जना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ ।
हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ८१९ जनाको मृत्यु दत्र्ता गरिएको छ । हाल छ हजार ७४९ जना आइसोलेशनमा र तीन सय ६९ जना क्वारेन्टिनमा छन् ।