दाङ, असार ३० । जिल्ला वन क्षेत्र समन्वय समितिमा चालु आर्थिक बर्षमा दाङमा सरकारी तथा गैरसरकारी निकायबाट वन र वातावरणका क्षेत्रमा भएका कार्यक्रमहरुको समीक्षा गरिएको छ । जिल्ला वन क्षेत्र समन्वय समितिम दाङले आज आयोजना गरेको कार्यक्रममा जिल्लामा वन तथा वातावरणका क्षेत्रमा गत साउनदेखि असारसम्मको एक बर्षमा भएका गतिबिधिहरुको प्रस्तुती र समीक्षा गरिएको हो ।
वन क्षेत्रमा एक बर्षमा जिल्लामा भएका कार्यक्रमहरुको जिल्ला वन क्षेत्र समन्वय समितिले असार २१ गतेदेखि ३ दिनसम्म भएको अनुगमनको प्रतिवेदन पत्रकार सन्तोष सुवेदीले प्रस्तुत गर्नु भएको थियो ।
त्यस्तै, जिल्ला वन कार्यालयले गरेका कार्यक्रमको जिल्ला वन अधिकृत नवराज काफ्लेले, भूसंरक्षण कार्यालयले गरेका कामको महेन्द्रप्रसाद चौधरीले, सामुदायिक वन उपभोक्ता महासंघले गरेका कामको अध्यक्ष शोभाकर सापकोटाले, मावन कल्याण तथा वातावरण संरक्षण केन्द्रका भरत देवकोटाले, बहुसरोकारवाला वन कार्यक्रम रुपान्तरण नेपालले गरेका कार्यक्रमको कार्यक्रम संयोजक पुनिता चौधरी, माथिल्लो चुरे संरक्षण समितिका भरत गिरीले सहित एक दर्जन संस्थाले आफूहरुले गरेका गतिबिधिहरु प्रस्तुत गर्नुभएको थियो ।
जिल्ला वन क्षेत्र समन्वय समितिका अध्यक्ष स्थानीय बिकास अधिकारी रमेश गौतमको सभापतित्व एंव प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजिकरण समितिका सदस्य सचिव जिल्ला वन अधिकृत नवराज काफ्लेले गर्नु भएको थियो ।।