Indrenionline.com

माधव नेपालले पूर्वएमालेको सम्पत्तिमा दाबी गर्न मिल्दैन : ओली

काठमाडौं, ९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रचण्डले कारबाही गर्न र माधव नेपालले पूर्व एमालेको सम्पत्तिमा दाबी गर्न नमिल्ने बताएका छन् ।

नेकपा विभाजन भएको स्वीकार गर्दै ओलीले भने, ‘प्रचण्डजी र मैले एकता गरेका थियौँ, दुई वटा पार्टी मिलाएर लैजाने भनेका थियौँ, प्रचण्डजी र म मिलेनौँ ।’ प्रचण्डले आफूलाई कारबाही गर्नु भनेको हास्यास्पद भएको ओलीको तर्क थियो ।

‘प्रचण्डले मलाई पार्टी सदस्यबाट निष्काशन गर्ने ? चार्ली च्याप्लिनको जोकभन्दा माथिल्लो हैसियतको लाग्दैन । प्रचण्डभन्दा कम्तीमा एक दशक अगाडि राजनीतिमा लागेको हुँ । एक दशक अगाडि पार्टी सदस्यता लिएको होला । जसले पाहुनालाई बास बस्न दियो, उसले घरबेटीलाई निकालेजस्तो भएन र ?’ ओलीले बुधबार साँझ ‘योहो टेलिभिजन’सँगको अन्तर्वार्तामा भने ।