Indrenionline.com

प्रचण्ड–नेपाल समूह २ सय ८७ सदस्यको हस्ताक्षरसहित निर्वाचन आयोगमा

काठमाडौं, ८ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहितको पत्र निर्वाचन आयोगमा दर्ता गरेको छ । लीलामणि पोख्रेल, सुरेन्द्र पाण्डेसहितका नेता निर्वाचन आयोगमा पुगेर बहुमत सदस्यको हस्ताक्षर बुझाएको हो ।

अहिले आयोगमा बुझाइएको पत्रमा दुई सय ८७ जनाको हस्ताक्षर रहेको, तीन जनाले आफूहरू उपस्थित हुन नसकेको भन्दै पत्र पठाएको र १५ जनाले विविध कारणवश उपस्थित हुन नसके पनि समर्थन रहेको जानकारी गराएको नेता पोख्रेलले उज्यालोलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रचण्ड–नेपाल समूहलाई समर्थन गर्ने केन्द्रीय सदस्यको सङ्ख्या तीन सय पाँच जना पुग्नेछ । जुन निर्वाचन आयोगमा दर्ता भएको चार सय ४१ सदस्यको बहुमत सङ्ख्या हो ।

नेकपाकै ओली समूहले सोमबारको मिति राखेर मङ्गलबार ११ सय ९९ सदस्यीय कमिटीको विवरण आयोगमा दर्ता गराइसकेको छ ।