Indrenionline.com

किसानलाई च्याउको विउ वितरण

तिर्थराज ज्ञवाली
देउखुरी, ३ पुस । राप्ती गाउँपालीका कृषि विकास शाखाको आव २०७७ ७८ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार राप्ती गाउँपालिकाका बिभिन्न वडाका किसानलाई ७५ प्रतिशत अनुदानमा कन्ये च्याउको विउ वितरण गरिएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजालले किसानहरुलाई विउ हस्तान्तरण गरे । विउको माग गरेका १७ जना किसानहरुलाई ४०० ग्रामको १७६३ प्याकेट विउ वितरण गरेको कृषि विकास अधिकृत महेश अधिकारीले जानकारी दिए।

राप्ती गाउँपालिका कृषि शाखाले च्याउ खेतिका लागि कृषक आब्हान गरि छनौटमा गरेका कृषकहरुलाई कन्य च्याउको विउ वितरण गरिएको हो ।