झापा । नेपाली भाषा साहित्यका आदिकवि भानुभक्त आचार्यकोे २०३ औँ जन्मजयन्ती देशभरि विविध साहित्यिक तथा सांस्कृतिक कार्यक्रम गरी भव्य रुपमा मनाइएको छ । यसै क्रममा झापाको काँकडभिट्टामा पनि भानु जयन्तीका अवरमा भव्य कार्यक्रमको आयोजना गरियो ।कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा.डा. जीवेन्द्रदेव गिरीले ‘आदिकवि भानुले संसारभरि छरिएर रहेका नेपालीहरुलाई भाषाका माध्यमबाट एकताको सूत्रमा एकताबद्ध गराएको’ बताए । उनले आजको युगमा भानुको योगदानले अझ विशेष महत्व राख्ने उल्लेख गरे ।
कार्यक्रममा प्राज्ञ यज्ञराज प्रसाईंका साथै भवानी क्षेत्री, मुक्ति उपाध्यय, पुण्य खरेल, भानुभक्त खनाल, यद्धव विष्ट लगायतका साहित्यकारहरुले पनि मन्तव्य राखेका गरेका थिए भने खगेन्द्र खुसी, जुनु गौतम लगायतले गीत तथा कविता प्रस्तुत गरेका थिए । सोही अवसरमा कृष्णप्रसाद उप्रेतीको ‘अविश्रान्त यात्रा’ पुस्तकको विमोचन समेत गरिएको थियो ।