काठमाडौं, १ पुस । केही वेर ढिला गरी प्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली स्थायी कमिटी बैठकमा सहभागी भए ।
बुधबार मात्रै दुई पटक दुई अध्यक्षको छलफल भएपछि यस्तो सहमति भएको नेकपा स्रोतले जनाएको छ । बुधबारको स्थायी कमिटी बैठकमा छलफल गरेर अध्यादेश फिर्ता गर्न माग गर्ने नेताहरूले तयारी गरेपछि दुई अध्यक्षबीच यस्तो सहमति भएको हो ।