तुलसीपुर असार ३० । पब्लिक ज्ञानज्योति उच्च मावि तुलसीपुर कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । तिन दिन सम्म चल्ने अभिमुखीकरण कार्यक्रमको पहिलो दिन विज्ञान विषयका विद्यार्थीहरुलाई विषयगत, शैक्षिक र अनुशासनका वारेमा अभिमुखीकरण गरिएको थियो ।
विद्यालयका प्राचार्य सुरेन्द्र जिसीको अध्यक्षतामा भएको कार्यक्रममा सह प्राचार्य मनोजकुमार केसी, विज्ञान संकाय संयोजक सुन्दर देवकोटा, शिक्षा विज्ञान संकाय संयोजक मदनराज भट्ट, नेपाल सस्कृति विश्वविद्यालयका सह प्राध्यापक निलप्रसाद सापकोटा, राप्ती ववई वहुमुखि क्याम्पसका सहायक क्याम्पस प्रमुख जिवरा खरेल,दिपेन्द्र डिसी, राजेन्द्र केसी,पर्शुराम चौधरी, विरेन्द्र चन्द एवम् विद्यार्थीहरु प्रतिष्ठा वलि, मञ्जुल देवकोटा, शुभम सुवेदी लगायतले मन्तव्य व्यक्त गरेका थिए भने विभिन्न गीत तथा नृत्य पनि प्रस्तुत गरिएको थियो ।
अभिमुखीकरण कार्यक्रमको सहजिकरण सञ्चार विभाग प्रमुख वसन्त विवश आचार्यले गरेका थिए । व्यवस्थापन, मानविकी र शिक्षा संकायको अभिमुखिकरण कार्यक्रम शुक्रवार र शनिवार ।