Indrenionline.com

माछा मार्ने विषयमा झडप हुँदा एक महिलाको मृत्यु

सप्तरी, २९ मंसिर । सप्तरीमा माछा मार्ने विषयमा दुई पक्षबीच भएको झडपमा एक महिलाको ज्यान गएको छ । सप्तरीको बोदे बरसाईन नगरपालिका ३ कुशमाहारमा दुई पक्षबीच झडप हुँदा एक महिलाको ज्यान गएको प्रहरीले जनाएको छ ।

छपकी पोखरीमा माछा मार्ने विषयमा आइतबार राति भएको झडपमा स्थानीय ४० वर्षीया गंगीया देवी मण्डलको ज्यान गएको हो । झडपका क्रममा टाउकोमा बञ्चरो लागेर मण्डलको घटनास्थलमै ढलेर ज्यान गएको स्थानीयले बताएका छन् ।

यसैगरी झडपमा त्यही पक्षका १८ वर्षीय धिरज मण्डल, ४५ वर्षीय जयनारायण मण्डल र ४० वर्षीय सुरेन्द्र मण्डलको टाउकोमा गम्भीर चोट लागेको छ भने ४५ जोगिन्द्र मण्डल घाइते भएका छन् ।